
घामलाई पछ्याउँदै बादल दौडियो छाँयामा दुबो निराश भयो, आकाशलाई पछ्याउँदै घाम दौडियो क्षितिजमा पुगेर विलिन भयो, गोधुली चिहाउँदा जुनकिरी संगै रात आयो अँध्यारोमा गुम्सिएको दुबो जुनकिरीको अभिलाषा राख्यो , लुकामारी गर्दा थाकेर मिर्मिरे हुँदा पसिना काड्यो, घामको किरणमा टल्केको दुबो सित परेको भन्दै मेरा पाईलाले माड्यो